कञ्चनपुरमा हाल सम्मकै ठुलो अजिङ्गर फेला

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा रुखमा चढ्दै गरेको अजिङ्गरको उद्दार गरिएको छ । शनिबार जिल्लाकाृे शुक्लाफाँटा– ८ पिल्लपरीफाँटामा १८ किलो तौल र १२ फिट लामो अजिङ्गर रुखमा चढ्दै गर्दा फेला परेपछि उद्दार गरिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार फेला परेका उक्त अजिङ्गर ठुलो मध्येकै एक हो । जिल्लामा आजसम्म फेला परेका अजिङ्गर मध्ये उक्त अजिङ्गर सबैभन्दा ठुलो भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

वन कार्यालय कञ्चनपुर सुरक्षा पोष्टका इन्चार्ज जमदार अर्जुन सिह थापा नेतृत्वको टोलीले पिल्लपरीफाँटाका स्थानीय तिलक जप्रेलको खेतबारीबाट फेला पारेको अजिङगरको उद्दार गरेको छ ।

अजिङ्गरलाई वन कार्यालय कञ्चनपुरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बुझाएपश्चात निकुञ्जभित्र छाडिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार