कञ्चनपुरमा सुरु भयो राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–८ गैलनदीमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सुरु भएको छ।

शनिबार वेदकोट नगरपालिका–८, गैलनदीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतियोगिताको उद्धघाटन गरे ।

तीन विधामा भइरहेको प्रतियोगिता कार्तिक ७ सम्म चल्नेछ। प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सुरु भएका हुन।

पहिलो दिन तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका समुह चरणका खेल सुरु भएका छन् ।

नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ। यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ।

नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६५ जना खेलाडी सहभागिता रहेको छ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोर्टस एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार