कार्यसम्पादनमा वडाध्यक्ष जोशीको फरक शैली, सुदूरपश्चिममै पहिलो पटक बुद्धिचाल प्रतियोगिता

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

काठमाडौँ स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा बुद्धिचालका तीन विधामा प्रतियोगिता आयोजना हुँदैछ।

शनिबारदेखि सुरु हुने प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

बुद्धिचाल खेलको आधिकारिक च्याम्पियनशीप दोस्रो राष्ट्रिय -यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१, प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ आयोजना हुन लागेको हो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक नारायण गोबारले बताए। उनका अनुसार प्रतियोगिता कार्तिक ७ सम्म चल्ने छ।

प्रतियोगितामा ६५ जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ। यो प्रतियोगितामा बेदकोट नगरपालिका–८ सह–आयोजक बनेको छ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ के प्रथम पुरस्कार ६० हजार छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेसहित २५ खेलाडीलाई २ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

दोस्रो राष्ट्रिय (यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ। यो प्रतियोगितामा प्रथमसहित २० खेलाडीका लागि १ लाख ३१ हजार ५ सय राशी छ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम पुरस्कार राशी २५ हजार राखिएको छ। प्रथमसहित २० जना खेलाडीलाई ८३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ।

ताजा समाचार

सम्बन्धित समाचार