प्रहरीसँग जाँदै रविले श्रीमतीलाई भने– तिमीलाई दुःख भयो !

प्रकाशित:

काठमाडौँ। सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए।

‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा छ, थाहा छ नि तिमीलाईरु,’ रविले निकितलाई भने।

जवाफमा निकिताले भनेकी छिन्, ‘थाहा छ।’ त्यसपछि उनी प्रहरीसँग आफ्नो चेम्बरबाट निस्किएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार