बाघले आक्रमण गर्दा घास काट्न गएका जीतको मृत्यु, सँगैका अर्काले रुख चढेर जोगाए ज्यान

प्रकाशित:

नवलपरासी —बिनयी त्रिवेणी गाउँपालिकामा शुक्रबार बाघको आक्रमणबाट स्थानीय जीतबहादुर थिङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो वडा नम्बर १ स्थित स्थानीय तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिङलाई बाघले आक्रमण गरेको हो । उनी ६३ वर्षका थिए ।

उनीसँगै गएका अर्का स्थानीय एक व्यक्ति रुखमा चढेर बाँचेको प्रहरीले जनाएको छ । ती व्यक्ति बाघबाट बच्न रुखमा चढेका प्रहरीले बतायो । प्रहरीले उनको परिचय खुलाएको छैन ।

 

ताजा समाचार

सम्बन्धित समाचार