तिलाचौरमा कांग्रेस नेता स्व.विपि मिश्रको सम्झनामा क्रिकेट प्रतियोगिता

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँग्रेसका स्वर्गिय नेता विष्णु प्रसाद मिश्र (बीपि मिश्र) को स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । न्यून हिमालय सामाजिक सेवा समितिले मिश्रको सम्झनामा तिलाचौरमा प्रतियोगिता गर्न लागेको हो ।

मिश्रको सम्झनामा आयोजना हुन लागेको यो पाँचौ विपी क्रिकेट प्रतियोगिता हो । काँग्रेसका इमान्दार नेता मिश्रको झण्डै दुई दशक अघि निधन भएको थियो ।

भीनपा ८ मा मिश्र पुत्र मदनराव मिश्र वडा अध्यक्ष छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष मिश्र काँग्रेसका वडा सभापति हुन् । उनी भीनपामा सबैभन्दा कान्छा उमेरका वडा अध्यक्ष हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार