‘छक्का पञ्जा ५’ ले ९ करोड नाघ्यो, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ ले कति कमाए ?

प्रकाशित:

काठमाडौं । ’छक्का पञ्जा ५’ ले ’छक्का पञ्जा’ सिरिजकै उत्कृष्ट ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन दुई करोडभन्दा माथि ओपनिङ गरेको हो।

पाँच दिनमा (सोमबार) सम्म फिल्मको ग्रस कलेक्सन ९ करोडमाथि पुगेको वितरक मनोज राठीले बताए।आधिकारिक रिपोर्ट केही समयपछि आउला। ९ देखि १० करोडसम्म ग्रस कलेक्सन भएको हाम्रो अनुमान छ,’ वितरक राठीले भने ।

’१२ गाउँ’ ले पनि सुरूका दिनदेखि आक्रामक व्यापार गरिरहेको छ। फिल्म सोमबारसम्ममा साढे ६ देखि ७ करोड रूपैयाँ कलेक्सन गरेको निर्माता एवं अभिनेता विराज भट्टले बताए।

’ज्वाइँ साब’ को बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरिएको छैन। यो फिल्मको टिमले बुधबार कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने बुझिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार