मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित:

रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।

स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।

युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो ।

उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार