महेन्द्रनगर बजारका ७ पसलमा अनुगमन, १० हजार जरिवाना

प्रकाशित:

कञ्चनपुर । महेन्द्रनगर बजारका केहि पसलमा अनुगमन एवं निरीक्षण गर्दा अधिकांशमा कैफियत पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुगमन गरेको हो ।

शुक्रबार महेन्द्रनगरका सात ओटा फर्म (पसल) मा अनुगमन एवं निरीक्षण गर्दा अधिकांशमा कैफियत देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले जनाएको छ । एक सुपरमार्केट सहित सात ओटा पसलमा अनुगमन गर्दा अधिकांशमा कैफियत देखिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र खाद्य प्रविधि कार्यालय धनगढीले ६ ओटा ‘स्वीट हाउस’ (मिठाई पसल) र एक सुपर मार्केटमा गरेको अनुगमन एवं निरीक्षण गरेको हो ।

‘स्वीट हाउस’हरुमा रङ राखेर रसबरी, मिठाई, लड्डुहरु बनाएको पाईएपछि कारवाही स्वरुप जरिवाना र सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनसन्धान अधिकृत हरिसिंह बोहराले बताए ।

‘महेन्द्रनगरमा हामीले अनुगमन गर्दा अधिकांश स्वीट हाउसहरुले बनाउने मिठाई, लड्डुहरुमा रङ हाल्ने गरेको भेटियो ।’ अधिकृत बोहराले भने, ‘पकाएर खानुपर्ने खाद्यवस्तुहरुमा रङ हाल्नु हुँदैन्, रङ पकाउदा स्वास्थ्यलाई हानी हुन्छ ।’

रङ राखेर पकाएका मिठाई, रसवरी र लड्डुहरु नष्ट गरिएको उनले बताए । अनुगमनका क्रममा गोपाल गोरसलाई अत्याधिक रङ लगायतका कैफियत देखिएकाले कारवाही स्वरुप १० हजार जरिवाना गरिएको र अन्यको मिठाई नष्ट गर्दै सचेत गराईएको अधिकृत बोहराले बताए ।

उक्त अनुगमन एवं निरीक्षणको पुर्ण प्रतिवेदन तयार पारेर खाद्य प्रविधि कार्यालय धनगढीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई बुझाउने जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार