सुदूरपश्चिमेलीहरूको जापानमा भव्य भेला, विजयादशमी मनाउने तयारी

प्रकाशित:

-सन्तोष महरा ।

काठमाडौ ।  जापानको नागोयामा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूको मासिक भेला आज एक विशेष उत्सवमय वातावरणमा सम्पन्न भएको छ।

यस भेलामा समिति गठनलाई पूर्णता दिँदै विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरिएको छ।

भेलामा सुदूरपश्चिमको मौलिक संस्कृतिको झलक देख्न पाइयो। देउडा खेलले सबैलाई झुमाउँदै रमाइलो बनाएको थियो। आगामी अक्टोबर १२ मा नागोयाको सनाई डोयोरी पार्कमा विजयादशमीको विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ।

यस कार्यक्रममा सुदूरपश्चिमेलीहरू एकै ठाउँमा जम्मा भएर टीका लगाउने, देउडा नाच्ने र गाउने योजना छ।

सुदूरपश्चिम समाजका सदस्य मनोज महराले भने, “हामी जापानमा रहेका नेपाली विद्यार्थी र कामदारहरूको हितका लागि काम गर्नेछौँ। उनीहरूलाई आवश्यक परामर्श र सहयोग प्रदान गर्दै उनीहरूले सिकेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्नेछौँ। साथै, विद्यार्थीहरूलाई समस्या पर्दा सहयोग गर्नका लागि एउटा कोष पनि स्थापना गर्ने योजना छ।”

यस भेलाले जापानमा रहेका सुदूरपश्चिमेलीहरूको एकता र आपसी सहयोगको भावनालाई प्रवर्द्धन गरेको छ। साथै, आफ्नो संस्कृति र परम्पराप्रति उनीहरूको गहिरो माया र लगावलाई पनि प्रष्ट पारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार