दार्चुलामा जनतालाई अनावश्यक दुख दिने ४ लघुवित्तलाई समयमै सच्चिन आग्रह

प्रकाशित:

महेन्द्रनगर । दार्चुलामा अनावश्यक दुख दिने लघुवित्तहरुको नाम नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठनले सार्वजनिक गरेको छ ।

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै क्रान्तिकारी युवा संगठनले लघुवित्तहरुले किस्ता हाल्न नसकेकै कारण उपभोक्तलाई अनावश्यक दुख दिने गरेको भन्दै नाम सार्वजनिक गरेको हो ।

उक्त प्रेस वक्तव्यमा यस्ता हर्कत नदोहर्याउन लघुवित्त संस्थाहरुलाई आग्रह समेत गरिएको छ ।

एकल महिलाहरुका गरगहना लुछेर ल्याउने, घरमा भएका गाई,भैँसी र बाख्रा लगायतका समानहरु उठाएर ल्याउने, मानव अधिकार हनन् हुने गरि सामाजिक रुपमा बेज्जत गराउने, केही वित्तीय संस्थाहरु सम्बन्धित कार्यालय र पालिकाहरुमा समेत दर्ता नगराई सञ्चालन गर्ने लगायतका आरोप लगाउँदै नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन दार्चुलाले प्रेस विज्ञप्ती जारी गरेको छ ।

मिरमिरे लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, एनआइसी एसीया लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम सार्वजनिक गर्दै क्रान्तिकारी युवा संगठन दार्चुलाले समयमै सच्चिन आग्रह समेत गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार