पुनर्वास नगरपालिकाले १० करोडमा कोल्ड स्टोर’ निर्माण गर्दै, ४५ प्रतिशत काम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा नगरपालिकाले १० करोडको लगानीमा ‘कोल्ड स्टोर’ (चिस्यान गृह) निर्माण गरीरहेको छ । ५ सय टनको ‘कोल्ड स्टोर’ पालिकाले आफ्नै लगानीमा निर्माण गरिरहेको हो ।

स्थानीय कृषकहरुको साग तरकारी लगायतका खेतीवालीलाई लामो समयसम्म सञ्चित गर्नकालागि नगरपालिकाले कोल्ड स्टोरको निर्माण थालेको नगर प्रमुख तोय प्रसाद शर्माले बताए ।

नगर प्रमुख शर्माले चुनावी एजेण्डा बनाएको कोल्ड स्टोरले पुर्णताको गति लिइरहेको छ । आफुले चुनावमा गरेको वाचालाई पुरा गर्न नगर प्रमुख शर्मा तत्पर भएर लागेका छन् ।

पुनर्वासमा कोल्ड स्टोर निर्माणको झण्डै ४५ प्रतिशत कार्य सम्पन्न भएको नगर प्रमुख शर्माले बताए । अबको वर्षदिन भित्रै उक्त कोल्ड स्टोरलाई सञ्चालनमा ल्याउने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार