अछाम। कैलालीको धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तीन फन्का लगाएर अवतरण भएको छ ।

अछामको साँफेबगर विमानस्थलमा गिद्धले सिनो खाइरहेको देखेपछि विमान सामान्य अवतरण हुन सकेको थिएन।

झण्डै १५ मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताए।

बिहिबार धनगढीबाट उडेको विमान आकाशमै ३ फन्का लगाएपछि अवतरण भएको हो । प्रहरीको सहयोगमा गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उनले बताए।