महेन्द्रनगरको इन्टरनेशनल स्कुलमा विद्यार्थी र अभिभावककालागि स्वास्थ्य शिविर

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा रहेको इन्टरनेशनल पब्लिक स्कुलले विद्यार्थी र अभिभावकका लागि निःशुल्क स्वास्थ्य शिविर गरेको छ । विशेषज्ञ चिकित्सक विद्यालयमै बोलाएर विद्यालयले स्वास्थ्य शिविर चलाएको हो ।

विद्यार्थीको नाक, कान, घाटी लगायतका समस्याहरुको चेक जाँचका लागि सोहि स्कुलका पुपुर्व विद्यार्थी डा. प्रशान्त भट्ट सहितको टिमले चेक जाँच गरेको विद्यालयले जनाएको छ । त्यस्तै दन्त विशेषज्ञ डाक्टरबाट पनि चेकजाँच तथा उपचार गरिएको छ ।

उक्त सिविरमा ईनएटी विशेषज्ञ डा. द्वय प्रशान्त भट्ट, श्रृष्टी श्रेष्ठ र डेन्टल विशेषज्ञ डा. सुदिप भण्डारी र रोशन भट्ट मार्फत चेकजाँच परामर्स स्वास्थ्य सेवा प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले बताए ।

विद्यालयमै निःशुल्क चेकजाँच एव परामर्स पाएपछि विद्यार्थी र अभिभावक हर्षित भएका छन । विद्यालय सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयमै अध्ययन गरेका पुर्व विद्यार्थीद्वय एव विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको बताए ।

स्वास्थ्यका कारण पढाईमा प्रभाव नपार्ने उदेश्य विद्यालयले उक्त सिविर राखेको बताउँदै उनले आगामी दिनमा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने बताए । शिविर मार्फत डेण्टल तर्फ १२१ र ईएनटी तर्फ १३३ विद्यार्थी तथाअभिभाकले सेवा लिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार