दशैँ मनाउन भारतबाट घर फर्किदै थिए, महाकालीमा खसेर बेपत्ता भए

प्रकाशित:

कञ्चनपुर। महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–५ का ३३ वर्षीय अमरसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका हुन।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट धामी महाकाली नदीमा खसेको थिए। उनको खोजी कार्य भइरहेको भएपनि अवस्था अज्ञात छ।

धामी भारतको उत्तराखण्डस्थित पिढौरागढमा काम गर्थे। दशैँ मनाउन शुक्रबार घर फर्किरहेका उनी महाकालीमा बेपत्ता भएका हुन। झुलाघाटमा घर फर्कनका लागि झोलिझिम्टी जिपमा राखेर सडकमा छेउमा उभिएका थिए।

‘महाकाली वारि आएपछि मादक पदार्थ सेवन गरेको संगैका मानिसले बताएका छन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘झोला जिपमा राखेपछि नजिकै सडक छेउमा उभिएको बेला महाकालीमा खसेको जानकारी आएको छ।’

प्रहरी निरीक्षक ढुंगानासहितको प्रहरी, सशस्त्रको टोली धामीको खोजी गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार