प्रहरीमाथि आक्रमण घटनाको छानबिनका लागि डीएसपी घटनास्थलमा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहसहितको प्रहरी टोलीमाथि आक्रमण भएको घटनाको छानबिन गरिने भएको छ।

प्रहरीमाथि आक्रमण भएको घटना बाहिरिएपछि छानबिनका लागि डीएसपी उमेश जोशी त्रिभुवनबस्ती हिँडेका छन्।

बुधबार राति पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (स्थानीय भाषामा खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद भएको थियो।

उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नाका साथै प्रहरी टोली चढेको भ्यान तोडफोड गरेका थिए।

यो पनिः कञ्चनपुरमा इन्स्पेक्टरसहितको प्रहरी टोलीमाथि आक्रमण, भ्यान तोडफोड

ताजा समाचार

सम्बन्धित समाचार