कञ्चनपुरमा साढे ४ लाख बढीको भन्सार छलिका सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको विभिन्न ठाउँबाट साढे ४ लाख बढीका भन्सार छलिका अवैध सामान बरामद गरिएको छ ।

मंगलबार जिल्लाको भीमदत्त नगरपालिका स्थित भाँसी, ऐठपर, मदन चोक, बैलौरी नगरपालिकाको वनशक्ति, बैशाखी, र पुनर्वास नगरपालिकाको बादलचोक, खड्डाघाट, डोकेबजार र दोधारा चाँदनी नगरपालिकाको पक्की पुल लगायतका ठाँउहरुमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४ लाख ७७ हजार ६२५ रुपैँया बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालहरुबाट खटिएको प्रहरीको गस्ती टोलीले ४ लाख ७७ हजार ६२५ रुपैँया बराबरको चिनी, गुड, दाल, पेय पदार्थ, मसला, सरफ, सुर्ती, बिस्कुट, मिठाई, जुत्ता, साईकल हेण्डल, टायर, ट्युब, ब्रेकतार, तिल्ली, पाइडल, किला, टिका थाली, टिनको जाली,पंखा, ड्रिल मेसिन, मोटरसाइकलमा प्रयोग हुने टपुर्जा, कराइ, फराइबिन, परात, डेक्ची लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार