डोटीमा २० वर्षीया युवती बलात्कृत, आमाको किरिया बसेका आरोपी पक्राउ

प्रकाशित:

कञ्चनपुर। डोटीमा आमाको किरियामा बसेका एक पुरुष बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया किशोरीको घाँटी थिचेर जबरजस्ती करणी भएको जाहेरीपछि आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए।

बलात्कारपछि किशोरीसंग भएको ३० हजार रुपैयाँ समेत लुटेको जाहेरी उल्लेख छ। घटनापछि रैकाल फरार भएको थिए। शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किए।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो।

‘हिजो राति जिल्ला पुगाएका छौँ। आज म्याद थपका लागि अदालत पेश गरिन्छ,’ डीएसपी भट्टराईले निगरानीखबरसंग भने, ‘आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरिन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार