कञ्चनपुर। भारतको बैंगलोरबाट दर्दनाक खबर सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार २९ वर्षीया महिलाको हत्या गरेर शव टुक्रा टुक्रा पारिएको छ।

बैंगलोरको भेलिकल भन्ने ठाउँमा महिलाको हत्या गरेर शवका ३० टुक्रा बनाएर फ्रिजमा राखेको भेटिएको हो। भारतीय सञ्चार माध्यमिक न्युज नेसनले ती महिला २९ वर्षीया महालक्ष्मी रहेको बताएको छ।

घरभित्रबाट शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घरभित्र जाँच गर्दा फ्रिजमा टुक्रा टुक्रा बनाएर शव राखिएको अवस्थामा पाइएको हो।

भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। हत्याराको पहिचान भएको छैन। भारतीय सञ्चार माध्यममा भनिएअनुसार ती महिला निलबंगला भन्ने ठाउँमा बस्थिन्।
उनी ४/५ महिनाअघि मात्रै भेलिकलको भाडाको घरमा सरेकी थिइन्। ती महिलाको हेमन्त दाससंग बिहे भएको पनि खुलेको भारतीय सञ्चार माध्यममा जनाइएको छ।
घटना भएको भेलिकलस्थित भाडाको घरमा महिला एक्लै बस्दै आएकी थिइन्। सुरुवाती दिनमा त्यहाँ एक अज्ञात व्यक्ति आउथे।
मृतकले ती व्यक्ति आफ्नो भाइ भएको बताउने गरेको स्थानीयलाई उद्धृत गर्दै भारतीय मिडियाले समाचार प्रशारण गरिरहेका छन्।
मृतक महालक्ष्मी त्यहाँको एउटा मलमा काम गर्थिन्। उनलाई रिसिब गर्न र ड्रप गर्न एक गाडी आउजाउ ग-थ्यो। पछिल्ला केहीदिन त्यो गाडी पनि त्यहाँ नआएको न्युज नेसनको समाचारमा भनिएको छ।
न्युज नेसनको भिडिओ हेर्नुहोस्


