काठमाडौँ जाँदै थिए, धनगढी विमानस्थलमै अस्ताए

प्रकाशित:

कञ्चनपुर। कैलालीको धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्युु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ गोदावरी नगरपालिका–२ का ५० वर्षीय शेरबहादुर बोहराको ढलेर मृत्युु भएको हो।

धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा उनी ढलका थिए। ढलेर बेहोस भएका बोहरालाई माया मेट्रो अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे।

उनको हदयघातका कारण मृत्युु भएको आशंका गरिएको छ। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार