मध्यरातमा खैरो हेरोइनको कारोबार गर्ने २ व्यक्ति पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा मध्यरात लागू औषध खैरो हेरोइनको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले लागू औषध बिक्री वितरण गरिरहेका भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

घोडाघोडी नगरपालिका–१ सुखडबाट जानकी गाउँपालिका–५ का ३५ वर्षीय फयाज आलिजागा र भारतको तिकुनियाका २१ वर्षीय मोहित आलिनलेलाई १ ग्राम ३३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार