काठमाडौँ । गायिका एलिना चौहान ओशोमार्गी बनेकी छन् । उनले आफू ओशोमार्गी बनेको टिकटकबाट सार्वजनिक गरेकी हुन् ।

उनले अमेरिकी गायिका सेलिन डियोनको बहुचर्चित गीत ‘आई एम अलाइभ’ मा ओशो तपोवनमा खिचिएको भिडियो शेयर गरेकी छन् ।

उनको गीत छनौट हेर्दा अर्थपूर्ण लाग्छ । भिडियोमा उनीसँग अर्की गायिका बेनिशा पौडेल पनि देखिएकी छन् । विवाहपछि श्रीमानसँगै अस्ट्रेलिया केही समय रहेकी एलिना तीज मनाउन नेपाल आएकी हुन् ।

अहिले गीत संगीतको रेकडिङमा व्यस्त उनी दसैँपछि अस्ट्रेलिया फर्किने छन् । नेपाली साङ्गीतिक क्षेत्रकी एलिना एक किसिमले भन्ने हो भने भाग्यमानी गायिका पनि हुन् । उनले गर्ने हरेक क्रियाकलाप चर्चामा रहन्छ ।


