महेन्द्रनगर । कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले एक दिनमा ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ ।
शुक्रवार कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले भारतीय मोटरसाइकल सहित हार्डवेयर, कपडा, जुत्ता चप्पल, लगायत भन्सार छली गरेर नेपाल भित्र्याइका सामान बरामद गरेको हो ।
कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी खगेन्द्र चन्दका अनुसार भन्सार छली ल्याइएका ११ लाख बराबरका सामान, पुर्नवास र बेलौरीबाट ६४ हजार बराबरका डिउ (पेय पदार्थ) बरामद गरिएको छ ।
बरामद गरिएको डिउ नष्ट गरिएको छ भने ११ लाख बराबरको सामान भन्सार चलान गरिएको सशस्त्र प्रहरी प्रमुख चन्दले बताए ।