कञ्चनपुरमा निकुञ्जले महाकाली किनार राखेका जासुसी क्यामेरा बाढीले बगायो

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया क्षेत्रमा राखिएका जासुसी क्यामेरा महाकालीको बाढीले बगाएको छ ।गत साता महाकाली नदीमा आएको बाढीले क्यामेरा जडान गरिएको सालको रुखसंगै बगाएको हो ।

क्यामेराले अहिले पनि फोटो संकलन गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । तर पानीको मात्रै फोटाहरु संकलन भइरहेको उनले बताए ।

महाकाली किनारमा उक्त क्यामेरा जडान गरिएको रुखको खाजी भइरहेको तर भेटिन नसकेको उनले बताए । रुख पुरै पानीमा डुबेको हुन सक्ने भएको हुँदा क्यामेराले पानी भित्रैको फोटो संकलन गरिरहेको छ ।

महाकालीमा जलस्तर घटेपछि नदीमै राम्ररी खोजी गर्न सकिने ऐरले बताए । उनका अनुसार अहिले उक्त क्षेत्रमा हिडेर वा गाडीबाट जान सकिने अवस्था छैन । हात्तीबाट मात्रै जान सकिन्छ । पिपरियास्थित हात्तीसारबाटै हात्ती चराउन र गस्तीका लागि उक्त क्षेत्रमा जाने गरिएको छ ।

उक्त क्षेत्रमा चोरी शिकारी लगायतका गतिविधि हुन थालेपछि निकुञ्जले २ वटा जासुसी क्यामेरा जडान गरेको हो ।निकुञ्जमा चोरी शिकारी नियन्त्रणका लागि ३ वर्षदेखि व्यापक रुपमा जासुसी क्यामेराहरु जडान गर्न थालिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार