महेन्द्रनगरमा लोपोन्मुख उराव जातिले मनाए वार्षिक ‘करम पूजा’

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा लोपोन्मुख उराव जातिले वार्षिक ‘करम पूजा’ मनाएका छन् । बिहिबार लोपोन्मुख जाति (समुदाय) उराव झागड समाजको वार्षिक ‘करम पूजा’ सम्पन्न भएको छ ।

उक्त समुदायले दुई दिन सम्म गर्ने वार्षिक ‘करम पुजा’ बुधवार र विहिवार गरेर आज महेन्द्रनगरको सालघारीमा सम्पन्न भएको हो ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृति जोगाउन हाम्रो अभियान’ भन्ने मुल नाराको साथमा वार्षिक करम पूजा सम्पन्न भएको नेपाल उराव झागड समाजका अध्यक्ष अनिल उरावले बताए ।

आफ्नो जातिलाई सरकारले लोपोन्मुख जातिको रुपमा सूचिकृत गरेको भएपनि आफुहरुले पाउनु पर्ने सेवासुविधाहरु नपाएको समेत अध्यक्ष उरावले गुनासो गरे ।

ताजा समाचार

सम्बन्धित समाचार