रवि लामिछाने भन्छन् : शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै ओली सरकार ढल्छ

प्रकाशित:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन्।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताए।

उनले अहिलेको सरकार दुई तिहाईको भनिए पनि देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेकाले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको दावी गरे।

सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे। उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको उल्लेख गरे।

उनले दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए। उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताए।

उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको, बोलेकको आधारमा समाउने काम गरेर बसेको बताए। उनले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउनेलगायतका चलखेलमा लाग्नु उपयुक्त नभएको पनि बताए।

ताजा समाचार

सम्बन्धित समाचार