कृष्णपुरमा सनलाइट पब्लिक स्कूलले मनायो संविधान दिवस

प्रकाशित:

-केशब बोहरा ।
कृष्णपुर । कञ्चनपुको कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित सनलाइट पब्लिक स्कूलले विविध कार्यक्रमका साथ संविधान दिवस मनाएको छ ।

कृष्णपुर नगरपालिकाको गुलरिया बजारमा आज बिहान प्रभात फेरी र बाजा गाजा गर्दै स्कुलले संविधान दिवस मनाएको हो ।

No description available.

विद्यार्थीको चौतर्फी विकास, राष्ट्र र समाज प्रति एक असल नागरिक बन्न प्रेरित गर्नकालागि विभिन्न दिवसहरूमा विद्यालयले बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक अक्कल बहादुर रोकायाले बताए ।

कृष्णपुर स्काउटले समेत सहकार्य गरेर आयोजना गरिएको संविधान बिशेष कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर सिंहले गरेका थिए ।

No description available.

उक्त विद्यालयले आयोजना गरेको संविधान बिषेश कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पस्केका हुन् । कार्यक्रममा स्काउट प्रमुख दिपक भण्डारीले पनि आफ्नो मन्तव्य राखेका थिए ।

सनलाइटद्वारा आयोजित संविधान दिवसको कार्यक्रममा कृष्णपुर नगरपालिका उप प्रमुख द्रोपती राना प्रमुख अतिथी रहेका थिए । त्यस्तै संविधान दिवस विशेष घुम्ती कार्यक्रम देखतभुलीमा सम्पन्न भएको हो ।  कार्यक्रममा लालझाडी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष पहल सिंह थापाको समेत उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा समाचार

सम्बन्धित समाचार