संविधान दिवसको अवसरमा भीमदत्तमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग साथै कञ्चनपुर जिल्ला समन्वय समिति, भीमदत्त नगरपालिका, १८ नम्बर वडा कार्यालय, डिभिजन वन कार्यालय कञ्चनपुर, शान्ति सामुदायिक वन साथै अन्य सरोकारवाला निकायहरूको सहकार्यमा ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन अन्तर्गत वृहत वृक्षारोपण तथा सरसफाई गरिएको हो।

No description available.

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूएले विगत लामो समयदेखि विपद्को क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। उहाँले वातावरण संरक्षण तथा अनुकुलताका लागि काम गरिए मात्र विपद्लाई रोक्न सकिने मान्यताका साथ वृक्षारोपण गरिएको तर्क गर्नुभयो।

No description available.

उहाँले एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रमअन्तर्गत ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन लागि रू २० लाख बराबरको सहयोग गरिएको बताउनुभयो।

कार्यकारी निर्देशक जैरूले यस वृक्षारोपण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर र शान्ति सामुदायिक वनले करिब ९ लाख बराबरको बिरूवा सहयोग गरेको बताउनुभयो।

No description available.

उहाँले ईको पार्कको व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले बनाएको मास्टर प्लानका आधारमा एनएनएसडब्ल्यूएले काम गर्ने बताउनुभयो।

उहाँले रोपिएका वृक्षहरूको संरक्षणका लागि एनएनएसडब्ल्यूएले चार महिनाका लागि एक जना व्यक्ति राखेको बताउँदै यसको संरक्षण संवर्धन तथा व्यवस्थापनका लागि सबै निकायहरूले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि भीमदत्त नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

No description available.

उहाँले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपणका कार्यहरू गरि हरियाली प्रवर्द्धनका लागि काम भईरहेको तर्क गर्दै यसले स्थानीय बासिन्दाहरूलाई स्वच्छ हावा प्रदान गर्नुको साथै उनिहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

कार्यक्रममा ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायतले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरू ल्याएकोमा धन्यवाद दिनुभयो। उहाँले ईको पार्क व्यवस्थित र हराभरा भएमा यसबाट स्थानीयसँगै सिंगो भीमदत्त नगरपालिकाबासीले लाभ लिन सक्ने बताउनुभयो।

No description available.

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिका उप प्रमुख नीलम जोशी लेखक, वडा नम्बर १८ का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा लगायतका व्यक्तित्वहरूले संविधान दिवसको शुभकामना दिनुभएको थियो।

No description available.

बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले ईको पार्कमा सरसफाई तथा वृक्षारोपण गरिएको गरिएको हो।

यस अभियानमा उत्थानशीय युवा सञ्जालले सहयोग गर्दै आएको छ। उत्थानशील युवा सञ्जालले भीमदत्त नगरपालिकाका खाली स्थानहरूमा वृक्षारोपण गर्ने अभियान समेत सुरू गरेको छ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार