इसेवा चलाउँनुहुन्छ ? यसरी जित्न सकिन्छ आइफोन १६ देखि नयाँ कार!

प्रकाशित:

काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा-उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत १ असोजदेखि ३० कात्तिकसम्म इसेवाबाट कारोबार गर्ने प्रयोगकर्ता मध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

अफरमा सहभागी हुनका लागि ग्राहकले आवश्यकता अनुसार इसेवाका जुनसुकै सेवा प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीको भनाइ छ।

यसका साथै १०० रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता पाउनेछन्।

त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यास ब्याक पाउन सक्नेछन्।

साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार इसेवाका विभिन्न सेवाहरू जस्तै: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ईस्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यास ब्याक पाउन सक्नेछन् ।

यी अफरबारे थप जानकारी इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जाल मार्फत प्राप्त गर्न सकिनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार