सुप विश्वविद्यालयका उप-प्राध्यापक भट्टलाई राष्ट्रिय शिक्षा पुरस्कार

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चन विश्वविद्यालयका उप प्राध्यापक डा. दिपक चन्द्र भट्टले राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । कञ्चनपुरको भीमदत्त–४ स्थायी घर भएका उप प्राध्यापक भट्ट सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय क्यापसमा कार्यरत रहेका छन् ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् ।

सुप विश्वविद्यालयका दुई जना शिक्षक र एक जना कर्मचारी राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने भएको छ ।

केन्द्रीय क्याम्पसका कार्यरत भट्ट संगै कैलाली बहुमुखी क्याम्पस कैलालीका सह–प्राध्यापक डा. प्रेम सिहं साउँद र केन्द्रीय क्याम्पसमै कार्यालय सहयोगीको रुपमा कार्यरत विरबहादुर डंगौरालाई पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने भएको छ ।

शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याए वाफत राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारी, सार्वजनिक विद्यालयका शिक्षक, निजी लगानीका विद्यालयका शिक्षक कर्मचारी र संस्थापक, त्यस्तै विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रारम्भिक बालविकास तथा शिक्षा सहजकर्ताहरुलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तो छ सूचीः

17

18

19

20

21

22

23

24

25

 

ताजा समाचार

सम्बन्धित समाचार