कञ्चनपुरका यी क्षेत्रमा भोली विद्युत अवरुद्ध रहने

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा बिहिबार (भोली) विद्युत सेवा अवरुद्ध हुने भएको छ।

जिल्लाको बेल्डाँडी र पुनर्वास फिडर अन्तर्गतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ।

बेलौरी फिडर अन्तर्गत ११ केभी लाइन नजिक रहेका बुश कटिंग गरिने हुनाले बिहिबार बिहान ९ बजेदेखि ५ बजेसम्म विद्युत सेवा अवरुद्ध रहने बेलौरी वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार