सेतीमा ट्याक्टरमुनि च्यापिएको अवस्थामा भेटिए चालक, अर्काको अवस्थामा अझै अज्ञात

प्रकाशित:

कञ्चनपुर। ट्याक्टर सेती नदीमा खसेर भएको दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाको शव भेटिएको हो।

बुढाको सेती नदीमा ट्याक्टरले च्यापिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। अर्का बेपत्ता भएका २२ वर्षीय लोकेन्द्र घर्तीको अवस्था अज्ञात छ।

बुधबार दिनभर स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेको हो। भोलि बिहानैदेखि फेरि उनको खोजी गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर जोशीले बताए।

बझाङको दुर्गाथली गाउँपालिका–२ झननास्थित जयपृथ्वी राजमार्गको मौरिबगरबाट झननातर्फ गइरहेको सु.प.प्र.०१–००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

ट्याक्टरमा ५ जना सवार थिए। तीमध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए। ट्याक्टर दुर्घटनामा घाइते जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र बिक र १३ वर्षीय निरज विकको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार