सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता, ३ जनाले हाम फालेर जोगाए ज्यान

प्रकाशित:

कञ्चनपुर। सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।

बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर जोशीले निगरानीखबरलाई जानकारी दिए।

उनका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका छन्। ट्याक्टर खसेर सेतीमा बेपत्ता अर्काको पहिचान खुलेको छैन।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरुको झोतामा उपचार भइरहेको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खसेको हो। ट्याक्टरको नम्बर खुलेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार