कञ्चनपुर। भीमदत्त नगरपालिकाले महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा रोक लगाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेदेखि मसान्तसम्म महाकालीको दोधारा चाँदनी र भीमदत्त नगर दुवैतर्फका घाटबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो।

भीमदत्त नगरपालिकाको चालु आर्थिक वर्षका लागि ठेक्का बन्दोबस्ती प्रक्रियामै रहेकोले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नदीसम्मको पहुँच मार्ग निर्माण नभएको र वर्षाले नदी किनारमा दलदल भएकोले उत्खनन् नगर्न भनिएको हो।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको दुवै तर्फका घाटहरूबाट रोक लगाइएको अवधिमा सो क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ढुवानी गरिएको पाइए प्रचलित नियमानुसार कारबाही गरिने बताइएको छ।
यस्तो छ सूचना



