महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आयोजना गरेको १२ औं राष्ट्रिय विज्ञान दिवसमा महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुल आधारभुत तहमा प्रथम र मावि तहमा दास्रो भएको छ ।

मंगलबारआयोजना गरिएको विज्ञान प्रर्दशनी प्रतियोगितामा ईन्टरनेशनल स्कुल अरु विद्यालयहरु भन्दा निकै अब्बल देखिएको छ ।

सामुदायिक तथा संस्थागत आधारभुत तह १–८ का छात्रछात्राहरुको प्रतियोगितामा ईन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थीद्वय योगेश लेखक र कविर सुनार प्रथम भए ।

त्यस्तै सामुदायिक तथा संस्थागत माध्यमिक तह ९–१२ का छात्रछात्राहरुको प्रतियोगितामा महेन्द्रनगर नमुना माध्यमिक विद्यालय प्रथम भयो भने ईन्टरनेशनल दास्रो भएको छ ।
इन्टरनेशनल पब्लिक स्कुलका सुप्रित रावल, दिपेश पाण्डे, सिद्धान्त भट्ट, आदर्श जोशी र राम ऐर थिए भने महेन्द्रनगर मा.वि. बाट समिर पाण्डे, साधना भट्ट, रमेश प्रसाद भट्ट र सक्षम भट्ट थिए । उक्त विद्यालय तथा विद्यार्थीहरुलाई संविधानको दिवस असोज ३ गते पुरस्कार वितरण गरिने भीमदत्त नगरपालिकाले जनाएको छ ।