दुई महिनामा कञ्चनपुरमा १९४ भ्रष्टाचारका मुद्धा दर्ता

प्रकाशित:

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता विरुद्ध १९४ उजुरी दर्ता भएका छन्।

सम्वन्धि उजुरीको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिला दुई महिना साउन र भदौंमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक अनियमितता सम्बन्धि १९४ उजुरी दर्ता भएका हुन्।

आ.व.क पहिलो महिना साउनमा ११४ र दोस्रो महिना भदौंमा ८० ओटा गरेर १९४ भ्रष्टाचार सम्बन्धि उजुरीहरु दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीय तहसंग सम्बन्धित उजुरीको संख्या उच्चतम रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बताएका छन्। अधिकांश उजुरी बेनामे र हुलाक तथा ईमेलबाट समेत पर्ने गरेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार