महेन्द्रनगर । कैलालीमा एक कैदीबन्दीको कारागार भित्रै रहस्यमय मृत्यु भएको छ । सोमबार जिल्ला कारागार कैलालीमा घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको रहस्यमय मृत्यु भएको हो।

विकलाई कारागार भित्र कुटपिट गरेर हत्या गरेको हुनसक्ने आशंका रहेको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा लडेर विकको मृत्यु भएको दाबी गर्दै आएको छ ।

भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ।

जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी गर्दै आएका छन्।’


