दार्चुला खलंगामा ८ जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । दार्चुलामा ८ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति गोप्य सुचनाको आधारमा प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा विद्यानगरबाट ९३ हजार रुपैँया सहित ८ जनालाई जुवाखालबाटै पक्राउ गरेको हो ।

गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय
दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा घर धनी धानुक सहित ८ जना जुवाडेलाई  नगद ९३,२२०रुपैँया र १ गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार