डडेल्धुरा । डडेल्धुरामा बाढीले एक जलविद्युत आयोजनाको पावरहाउस बगाएको छ। जिल्लाको आलिताल गाउँपालिका–२ उल्लालीमा रहेको जलविद्युत आयोजनाको पावरहाउस बाढीले बगाउँदा पुर्णरुपमा क्षति भएको छ।

२७ र २८ गते दुई दिन भएको अविरल वर्षाका कारण गाङ्खेत खोलाको बहाब बढ्न् गई जलविद्युत आयोजनाको पावरहाउस नै बगाएको हो। पावर हाउस बगेपछि स्थानीयलाई मर्का परेको छ ।
