धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किस्नि चौधरीको शनिवार करेन्ट लागेर मृत्यु भएको हो।

मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लागेर चौधरी घाइते भएकी थिइन। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



