पर्यटन प्रवर्द्धनमा टेवा दिने डीपीको भिडियोग्राफि

प्रकाशित:

महेन्द्रनगर । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको प्रयोगले विश्व सामु पर्यटकीय क्षेत्रलाई परिचित एवं अवलोकन गराउन सकिन्छ ।

सुदूरपश्चिमको पनि निकै सुदूरमा रहेको दार्चुलाको एक बस्तीका २६ वर्षीय युवा नेपालको प्रकृति, सुन्दरता र जीवनशैलीको दृश्य कैद गरेर विश्व सामु परिचित गराउँदै आएका छ्न ।

कहि वर्ष देखि ड्रोन क्यामेराको सहायताले सुदूरपश्चिमको दुरदराच देखि पुर्वि नेपाल सम्मका पर्यटकीय स्थल, धर्म, संस्कृति, भेषभुषा, रहन सहनलाई कैद गरेर सामाजिक संजालको बाट विश्वसामु पुर्याउने ति युवा हुन डीपी भट्ट ।

कंचनपुरको महेन्द्रनगरबाट फोटो एवं भिडियोग्राफि सुरु गरेका भट्ट अहिले सुदूरपश्चिम लगायत नेपालका विभिन्न धार्मिक, पर्यटकीय, कला संस्कृतिको प्रवर्द्धन तथा प्रचार प्रसारमा छ्न ।

विभिन्न ठाउँहरुका आकर्षक र लोभलाग्दा भिडियो सामग्री तयार पार्दै भट्टले सामाजिक संजालहरुमा राख्दै आएका छ्न ।

हिमालका चुचुरा, पहाडका डरलाग्दा भिरपाखा, खोला-नाला, भञ्ज्याङ- चौतारी अनि तराईका फाटहरुमा ड्रोन सट लिदै भट्टले पर्यटक बटुल्न सहयोग पुग्ने आकर्षक सामग्री तयार पार्छ्न उनि

भिडियोग्राफर भट्टले डीपी फोटोग्राफी मार्फत आफ्ना कन्टेन्ट (सामग्री) पस्कने गर्छ्न । अझै यो पेशालाई सशक्त र परिस्कृत गर्दै अघि बढ्ने उनि बताउछन् ।

विश्वसामु नेपाल र नेपालको सुन्दरतालाई चिनाउनका लागि आफुले भिडियोग्राफिको संघर्ष र सिर्जनात्मकतामा जोडबल दिएको भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार