बालबालिकाका पठनीय अनुभव सुन्दै समर्पण पुस्तक पसलले मनायो बालदिवस

प्रकाशित:

धनगढी । धनगढीमा पठन संस्कृतिको विकास गरिरहेको समर्पण पुस्तक पसलले आज विद्यार्थीका अनुभव सुन्ने र सुनाउने कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार राष्ट्रिय बाल दिवसको अवसरमा पुस्तक पसलले विद्यार्थी लक्षित ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा आठ विद्यालयका विद्यार्थीले पुस्तक पढेपछि आफूलाई लागेको अनुभव र अनुभुति प्रस्तुत गरेको पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् । बालबालिकाहरुले आफुले हालसालै पढेको पुस्तक कस्तो लाग्यो भन्ने बारे पाठकिय दृष्टिकोण राखेर थिए ।

विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिका, साहित्यकार र पुस्तक प्रेमीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका तथा साहित्यकार हेमा जाशीले गरेकी थिइन् ।

कार्यक्रमका अवसरमा पसलमा उपलब्ध रहेका जुनसुकै साहित्यिक पुस्तक १र१ प्रती सहभागी विद्यार्थीहरुलाई उपहार स्वरुप रोजेर लिने व्यवस्था गरिएको थियो ।

सुदूरपश्चिममा पठन संस्कृतिको विकास भएन भन्दै बेलाबेलामा विभिन्न शैक्षिक कार्यक्रमहरुमा सुनिने गर्दछ । न्युन मात्रामा सार्वजनिक पुस्तकालय रहेको सुदूरपश्चिममा पछिल्लो समय समर्पण पुस्तक पसले पाठक वर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् ।

संचालक ओझाले अब हरेक महिनाको अन्त्यतिर समर्पण पुस्तक पसले एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार