बैतडी ।हावाहुरीले बैतडीमा एक विद्यालय भवनको छानो उडाएको छ । पाटन- ८ खोड्पेमा सिद्धदीप आधारभूत विद्यालय भवनको छानो उडाएको हो ।

शुक्रबार बिहान बर्षासंगै आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बिष्टले जानकारी दिए । जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको उनले बताए ।

कक्षा ८ सम्मको पढाई हुने सिद्धदीप आधारभूत विद्यालयमा भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या हुने भएको छ । बैतडीमा बुधबार रातिदेखिको बर्षाले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।



