निर्मला पन्त हत्या प्रकरणमा घाइते भएकाहरुको उपचारलाई निरन्तरता दिइन्छः गृहमन्त्री लेखक

प्रकाशित:

महेन्द्रनगर । निर्मला पन्त हत्या प्रकरणमा घाइते भएकाहरुको उपचारलाई निरन्तरता दिइने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा निरन्तरताका लागि आफुले काठमाडौं पुग्नासाथ र्काबाही अगाडी बढाउने गृहमन्त्री लेखकले बताएका हुन् ।

बिहिबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । निर्मला पन्त हत्या प्रकरण देशको लागि चासो र चिन्ताको विषय भएको उनले उल्लेख गरे ।

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार