कञ्चनपुरको कृष्णपुरमा गाँउ घरमै निःशुल्क आखाँ उपचार पाउँदा स्थानीय हर्षित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा सोमबार निशुल्क आखाँ शिविर लागेको थियो । आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा चलेको निशुल्क आखाँ शिविरमा आखाँ जाचँ गर्न राजघाटकै ८७ बर्षिय गणेस प्रसाद ओझा पुगेका थिए ।

एउटा आखाँको सल्यक्रिया गरिसकेका ओझा नजर कम भएपछि अर्को आखाँको चेकजाचँका लागी शिविरमा पुगेका थिए । आखाँको सामान्य जाचँपछि उनलाई सल्यक्रियाका लागी धनगढी नेत्रालय जान चिकित्सकले सुझाव दिए ।

No description available.

आखाँको सामान्य चेकजाचँ गर्दा सल्यक्रिया गर्नुपर्ने देखिएको छ सके भोलीनै नेत्रालय जान उनलाई चिकित्सकले भनेका थिए । नेपाल सरकारका सेवा नृवित्त कर्मचारी समेत रहेका ओझा आखाँ सम्बन्धी चेकजाचँमा पैसाँ नलाएपछि दगं थिए ।

यो त धेरै राम्रो रहेछ हजुर, डेउडाका समेत पारखी रहेका ओझाले भने “यो त खुबै निको लाग्यो हजुर, यो त जत्तिको धनबिर्या थियो, उत्तिको नन्यानुई, यो खुबै ठिक लाग्यो, साल साल यसै भइजाओ, यसै राखे मयाजाल सवास सवास, यसै भएपछि राम्रो हो, आखाँको अक्षर हेर्न लगायो, अनी भित्रपचि चेक गरिदिनुभयो, यहाँ पैसाँ लिएन, अब अपे्रसन गर्न धनगढी नेत्रालय आउनु भन्या छ, उतापनि रुप्पे नलिने भन्या छ, झन अस्पताल पुग्दासम्मको गाडी भाडानी दिने भन्या छ, यो त धेरै राम्रो भयो ।”

No description available.

राजघाटमै घर भएका गणेस ओझाका भाई धर्म देव ओझालेपनि गाउँमा लागेको निशुल्क शिविरमा आखाँ जाचँ गराए । कृष्णपुर नगरपालिकाले गाउँ टोलमै निशुल्क शिविर राख्दा आखाँ जाचँ गर्न सजियो हुनुका साथै समस्या समेत पहिचान भएको उनले बताए ।

नगरपालिकाको यो कार्य प्रशंसा योग्य रहेको भन्दै आखाँ मात्रै नभएर हरेक किसिमका स्वास्थ्य शिविर आयोजना हुनुपर्नेमा उनको जोड छ । राजघाटकै टुकलाल चौधरीले निशुल्क जनताको आखाँ चेकजाचँ र सल्यक्रिया कृष्णपुरमै पहिलो भएको बताए ।

नगरपालिकाले गत बर्षपनि शिविर आयोजना गरेको थियो उनले भने “यो बर्ष त एउटै वडाका दुई ठाउँमापनि शिविर राखेको छ, हामी जस्ता आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई यो भन्दा ठुलो सेवा केही होइन ।”

स्थानिय गणेस सिहंले यो शिविरबाट धेरै नगरबासी लाभाम्बित हुने बताए । अस्पतालसम्मको पहुँच नभएकै कारण आखाँ सम्बन्धी रोग लुकाएर राख्नुपर्ने अवस्थाको समेत यो शिविरले अन्त्य गर्ने उनको भनाई छ ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मध्यनजर गर्दै कृष्णपुर नगरपालिकाले ९ वडाका १५ स्थानमा आँखा शिविर राख्दै छ ।

९ वटै वडाका नागरिकलाई आखाँ सम्बन्धी निशुल्क उपचार सेवा दिने उद्देश्य सहित कृष्णपुर नगरपालिकाले सोमबार देखी आँखा शिविर शुरु गरेको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटबाट सो सेवा शुरु गरेको नगरपालिकाले ९ वटै वडाका १५ स्थानमा शिविर सञ्चालन गर्ने जनाएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधी आए सगैं निशुल्क स्वास्थ्य चेकजाँच र निशुल्क आखाँ शिविर सञ्चालन गरिएको थियो ।

सोही बमोजिम गत बर्ष ५ हजार बढीले नगरपालिकाबाट निशुल्क आखाँ सम्बन्धी सेवा लिएको मेयर हेमरनज ओझाले बताए ।

सहरदेखी केही टाढा र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुलाई लक्षित गर्दै शुरु गरिएको आखाँ शिविरले सामान्य चेकजाँच तथा चस्मा वितरण गर्ने काम गाउँ टोलमै गर्ने छ मेयर ओझाले भने “बढी पावर भएको चस्मा लगाउनुपर्ने अथवा आखाँको सल्यक्रिया गर्नुपर्ने भएहामीले धनगढी स्थित धनगढी नेत्रालय पठाउने छौँ उता निशुल्क सल्यक्रिया गर्नुका साथै नेत्रालयसम्म पुग्न लागेको गाडी भाडा समेत हामीले ब्यहोर्ने छौँ ।”

कृष्णपुर नगरपालिकाले वडा नम्बर ९ बाट शुरु गरेको निशुल्क आखाँ शिविर असोज ७ गते वडा नम्बर १ को कुमगडा पुगेर समापन हुने छ । जसबाट हजारौँ नागरिक लाभाम्बित हुने अपेक्षा लिइएको छ ।

गत स्थानिय तह निर्वाचन २०७९ बाट कृष्णपुर नगरपालिकाको प्रमुखमा बिजयी भएका हेमराज ओझाले आमा बचाउ अभियान, घर-घरमै स्वास्थ्य चेकजाँच, शिक्षा सुधार कार्यक्रम, कृषी पकेट क्षेत्र लगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेका छन् । यि कार्यक्रमबाट नगरबासी प्रत्यक्ष रुपमा लाभाम्बित बनेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार