औषधि व्यवसायी संघ सुदूरपश्चिमको अध्यक्षमा लेखक निर्विरोध निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा गजेन्द्र देब लेखक निर्विरोध निर्वाचित भएका छन् ।। संघको शनिबार महेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट लेखक अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

१६ सदस्यीय कार्य समितिमा सचिव बाहेक सबै पदाधिकारी सदस्य निर्विरोध भएका छन् । सचिवमा सहमति हुन नसकेपछि मतदान गरी चयन गरिएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाश चन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह कोषाध्यमा बंशिधर कलौनी चयन भएका छन् ।

निर्वाचन अधिकृत शिवराज पाण्डेयका अनुासर सचिवमा मधुकर कुश्मी निर्वाचित भएका छन् । उनले ३७ मत पाए । उनका प्रतिद्वन्द्वी प्रीतिधर भण्डारीले २१ मत ल्याएकी छन् ।

संघको सदस्यमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुन सिंह कठायत, शैलेश कुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकर प्रसाद शर्मा र राम बहादुर चौधरी चयन भएका छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले अधिवेशन उद्घाटन गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार