कैलालीमा बाढीले चैते धान खेतमै उम्रियो, किसान मारमा

प्रकाशित:

महेन्द्रनगर । कैलालीको भजनी नगरपालिकामा बाढीका कारण कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ। असार अन्तिमतिर आएको बाढीले किसानलाई बाली भित्र्याउन नदिँदा धान कुहिनुका साथै खेतमै उम्रिएको हो। भजनी नगरपालिका–८ का जयप्रसाद ढुङ्गानाका अनुसार करिब १५ देखि २० प्रतिशत किसानले यस वर्ष चैते धान भित्र्याउन नपाएका छन्। बाढी डुबानको सबैभन्दा बढी जोखिम रहेको यस पालिकामा किसानको प्रमुख गुजारा चैते धान खेतीबाटै चल्ने गरेको छ।

भजनी नगरपालिकाको कृषि शाखाका अधिकृत सुशोभन अधिकारीका अनुसार यस वर्ष भजनीमा ८०० देखि ९०० हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो। असार २३ र २४ गते आएको बाढीले केही किसानले भित्र्याउन नसकेको धानलाई नोक्सान पुर्याएको जानकारी दिनुभयो। उहाँले थप्नुभयो कि बाढीले चैते धानमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ, तर पालिकामा पूर्ण विवरण अझै आइपुगेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार