“प्रधानमन्त्री ओली नेपाल–भारत फाइनल भलिबल खेल हेर्न जाने”

प्रकाशित:

महेन्द्रनगर । आयोजित काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलको तयारी पूरा भएको छ। बुधबार हुने यस खेलमा नेपालले भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि यो महत्वपूर्ण खेल हेर्न कभर्ड हलमा जाने भएका छन्। प्रधानमन्त्री ओली सवा चार बजे रंगशालामा पुग्नेछन्, र खेल साँझ ५ बजे सुरु हुनेछ।

नेपालले सेमिफाइनलमा इरानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ, जबकि भारतले श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। समूह चरणमा नेपालले भारतलाई ३-२ ले हराएको थियो, जुन नेपाली महिला भलिबलको भारतविरुद्धको पहिलो जीत थियो।

ताजा समाचार

सम्बन्धित समाचार