कर्णाली, लुम्बिनी र बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, कर्णालीमा कञ्चनपुरका जोशी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका यज्ञराज जोशी कर्णली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कञ्चनपुरका जोशीलाई कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

सोमबार मन्त्रिपरिषद बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । कर्णलीमा जोशी, बागमतीमा दीपकप्रकाश देवकोटा र लुम्बिनीका कृष्णबहादुर घर्तीमगरलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।

बागमतीको प्रदेश प्रमुख नियुक्त गरिएका देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार