कञ्चनपुरमा निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा खाद्यन्न सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती संगठन कञ्चनपुरले शहिदको स्मृति दिवसको अवसरमा महेन्द्रनगरको अनाथालयमा खाद्यन्न र सरसफाई सामग्री वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गर्दै महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले शहिद मनोज, झपेद्र, सुरेन्द्रको स्मृति दिवसको अवसरमा खाद्यन्न र सरसफाई सामाग्री हस्तान्तरण गरिएको हो ।

संगठनले शहिदको स्मृति दिवसको अवसरमा विगतका बर्षहरूमा पनि यसरीनै सामाजिक कार्य गरेर मनाउदै आएको र सोहि अनुरूप कार्यक्रमलाई निरन्तरता दिएर बाल अनाथालयमा खाद्यन्न र सरसफाई सामाग्री दिएको नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुुर चन्दले बताए ।

उनले भने ‘कर्मचारीको हक, हित र अधिकारका लागि लडदै गर्दा सहिद भएका मनोज, झपेद्र र सुरेन्द्रको स्मति दिवसमा समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरी एक साता सम्म मनाउने कार्यक्रम रहेको छ ।’

यसै गरी कञ्चनपुरका विभिन्न पालिकामा बृक्षारोपण तथा कार्यालयहरुमा एक हप्ता सम्म बृक्षारोषण,अन्तरक्रिया ,खाधान्न बिततरण ,फलफूल बितरण गरेर श्रावण १५ गते सम्म सहिद सप्ताह मनाउने कार्यक्रम रहेको संगठनका जिल्ला अध्यक्ष चन्दले बताए।

उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द ,प्रदेश उपाध्यक्ष पुष्षा जोशी ,महासचिव महादेब जोशी, पेशागत महासंघ राष्ट्रिय समिति सदस्य गंगादत्त जोशी, पेशागत महासंघ जिल्ला अध्यक्ष हर्क बहादुर चन्द पेशागत महासंघ जिल्ला सचिव तिलक जोशीको सहभागिता रहेको अध्यक्ष चन्दले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार